Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जनरल फाइनान्सको नाफा १३४.५९ प्रतिशतले बढ्यो

admin २०७३ माघ २९ गते
सेयर:

जनरल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६८ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.५९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा जनरलले २९ करोड २८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

२२ करोड एक लाख रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सको निक्षेप १९ दशमलव ४१ प्रतिशतले घटेर दुई करोड आठ लाख रुपैयाँ संकलन भएको छ । कर्जातर्फ पनि सामान्य घटाएर कम्पनीले १र्७ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी चार सय ३५ दशमलव ८७ प्रतिशतले बढेर ८९ लाख रुपैयाँ पुगेको भने संचालन मुनाफा १९ दशमलव ७७ प्रतिशतले बढेर ८३ लाख रुपैयाँ पुगेको छ । 

जोखिमयुक्त सम्पति ३५ दशमलव ८९ प्रतिशत र निष्कृय कर्जा एक सय प्रतिशत रहेको फाइनान्सको जगेडाकोषमा १२ करोड ५२ लाख रुपैयाँ रहेको छ । जनरल फाइनान्स लिमिटेडको प्रतिसेयर आम्दानी वार्षिक तीन दशमलव १२ रुपैयाँ, मूल्य आम्दानीको अनुपात एक सय ५८ दशलमव ०४ गुणा, प्रतिसेयर नेटवर्थ ४६ दशमलव ४७ रुपैयाँ र तरलता अनुपात छ सय दशमल ६७ प्रतिशत रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।