Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकको इएमभि चिप कार्ड सञ्चालनमा

२०७३ माघ २६ गते

सिद्धार्थ बैंकले प्रदान गर्दै आएको विभिन्न कार्ड सेवाहरु डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई स्तरोन्नति गरी इएमभि चिप कार्डका रुपमा सञ्चालनमा ल्याएको छ । बैंकले अब उपरान्त ग्राहकहरुलाई इएमभि चिप कार्ड उपलब्ध गराउनुका साथै हाल सञ्चालनमा रहेका म्याग्नेटिक स्ट्रिप डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई पनि इएमभि चिप कार्डले प्रतिस्थापन गर्नेछ । विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्रिप भएका कार्डहरुमा रहेका कमीकमजोरीहरुलाई हटाउन बैंकले नयाँ इएमभि चिप कार्ड  प्रविधि सञ्चालनमा ल्याएको हो । बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरीकाहरुको बारेमा समय समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत समेत गराउँदै आएको छ । यस इएमभि चिप कार्डले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउनेमा बैंक विश्वस्त छ । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ८३ एटीएम, १ मोबाइल एटीएम र १५० भन्दा बढी एइक् मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ ।