Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल एसबिआई बैंकले सुरु गर्यो अनलाईन आस्बा र डि–म्याट सेवा

२०७३ माघ २५ गते

रोयल आचार्य-

नेपाल एसबिआर्इ बैंकले अनलाइन आस्वा सेवा सुरु गरेको छ । बैंकले सोमबार साझ राजधानी स्थित सोल्टी होटलमा एक समारोहकाबीच अनलाइन आस्बा र डिम्याट सेवा सुचारु गरेको हो । समारोहमा प्रमुख अतिथीको रुपमा बोलाइएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले कम्प्युटरको माउस चलाएर उक्त सेवाको सुचारु गरे ।

यि सेवाको शुभारम्भ भएसँगै अब ग्राहकहरुले सेयर खरिद समेत घरमै बसी बसी गर्न सक्ने भएका छन् । अनलाईन मार्फत आइपीओ तथा एफपिओ लगायतका  घरमै बसीबसी खरीद गर्न सक्ने बैंकले जनाएका छ । कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नागरले सेवाग्राहीलाई सहज बनाउनका लागि अनलाईन आस्बा र डिम्याट सेवा सुचारु गरिएको वताए । कार्यक्रमका प्रमुख अतिथी कार्कीले नयाँ युग प्रविधिको युग भएको र अनलाईन सेवा सुचारु गरेकोमा बैंकलाई बधाइ तथा शुभकामना दिएका थिए ।

बैंकको अनलाइन डिम्याट सेवा बैंककै सहायक कम्पनी नेपाल एसबिआर्इ मर्चेन्टको सहकार्यमा ल्याएको हो । बैंक संचालक समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यले बैंकले आस्वालार्इ स्तरोन्नति गरी मोबाइल एप्लिकेसन समेत ल्याउने तयारी गरेको जानकारी दिए । कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष कार्की सहित कम्पनी रजिष्ट्रारको कार्यालयका उपरजिष्ट्रार सुरेन्द्रप्रसाद जोशी, सिडिएस एण्ड क्लियरिङ्गका प्रमुखकार्यकारी अधिकृत देवप्रसाद गुप्ता लगायतको उपस्थिती रहेको थियो ।