कृषि विकास बैंक लि. शाखा कार्यालय तौलिहवा कपिलवस्तुले बैंकको स्वर्ण जयन्तीको उपलक्ष्यमा आयोजना गरेका सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमको कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले समुदघाटन गरे । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सिटौलाले अनाथ बालबालीकाको उथान विकासका लागि बालगृहका प्रमुख राम प्रसाद अर्याललाई कृषि विकास बैंकबाट उपलव्ध गराईएको कम्प्यूटर हस्तान्त्रण गरे । साथै सो अवसरमा नगरपालिकाका सामाजिक परिचालकहरुलाई कृषि विकास बैंक लोगो अंकित फायल व्यागहरु हस्तान्त्रण समेत गर्नु भयो ।
कृषि विकास बैंकद्धारा संचालित कार्यक्रमहरु केबल नाफाका लागि मात्र नभएर लोक कल्याणकारी कार्यका लागि पनि बैंकले त्यतिकै महत्व राखी आफ्ना कार्यक्रमहरु संचालन गर्दै आएको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरुलाई अझ बढी महत्वका साथ निरन्तरता दिने बताए । उक्त कार्यक्रममा स्थानीय महिला दिदी बहिनी तथा दाजुभाईहरु पनि उपस्थिती थियो । सो अवसरमा कृषि विकास बैंकका उप–महाप्रबन्धक नरेश कुमार रोका , क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक अरुण कुमार ढुङ्गाना, बैंकका प्रबक्ता हिमलाल पौडेल, धर्मराज न्यौपाने लगायत क्षेत्रिय कार्यालय भैरहवा, तौलिहवा शाखाका कर्मचारीहरु र तालिम केन्द्र मंगलापुरका प्रमुख समेतको उपस्थिती थियो ।