किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ दशलमव २३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४१ लाख २२ हजार रुपैयाँ मुनाफा कमाएको थियो ।
दुई करोड रुपैयाँ चुक्तापुँजी भएको किसान माइक्रोफाइनान्सले निक्षेपमा ९२ दशमलव ९७ प्रतिशतले वृद्धि गरी ११ करोड ८० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातमा एक सय नौ प्रतिशत बढाएर ५६ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । संस्थाको खुद व्याज आम्दानी एक सय प्रतिशतले बढेर दुई करोड ८७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८७ प्रतिशतले बढेर एक करोड २१ लाख रुपैयाँ पुगेको छ ।
प्रोभिजनमा १५ लाख रुपैयाँ र जगेडाकोषमा एक करोड ६४ लाख रुपैयाँ राखेको किसान माइक्रोफाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ६९ प्रतिशतले घटेर शुन्य दशमलव ८८ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पत्ति दुई दशमलव ३६ प्रतिशतले घटेर आठ दशमलव ४७ प्रतिशत कायम भएको छ । माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी वार्षिक ७७ दशमलव ८१ प्रतिशत, मुल्य आम्दानीको अनुपात २४ दशमलव ३२ गुणा, तरलता अनुपात २७ दशमलव ०१ प्रतिशत र प्रतिसेयर नेटवर्थ एक सय ९३ दशमलव ३४ रुपैयाँ रहेको छ ।


