March 31st, 2016

यती डेभलपमेण्ट बैंकले बाँड्यो शैक्षिक सामग्री 

yeti dev bankयति डेभलपमेन्ट बैँकले बालबालिकाहरुलाई बिभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यहरु गर्दै आईरहेको बैंकले यस पटक सृष्टि बाल बिकास केन्द« कुलेश्वरका स–साना बाललालिकाहरुलाई स्टेसनरी, चकलेट बिस्कुट लगायतका सामाग्रीहरु बितरण गरेको हो ।

बिभिन्न संघसंस्था तथा व्यक्तिगत सहयोगबाट संचालन हुंदै आएको उक्त बाल बिकास केन्द«मा अति निम्न आय भएका अभिभावकहरुका बालबालिकाहरुले निःशुल्क अध्ययन गर्ने गर्दछन् ।