March 31st, 2016

१५ औँ वर्षमा लक्ष्मी बैँक

laxmi bankलक्ष्मी बैँकले आफ्नो स्थापना कालको १४ औँ वर्ष पार गरेको छ । वि.सं. २०५८ सालमा क्षेत्रियीतरको बैँकको रुपमा वीरगञ्जमा स्थापना भएको बैँक शुक्रबारदेखि १५ औँ वर्षमा प्रवेश गर्दैछ । 

वि.सं. २०६१ सालदेखि राष्ट्रिय स्तरको वाणिज्य बैँकको रुपमा विकसित बैँकले हाल ४९ वटा शाखाहरु मार्फत् वित्तिय सेवा प्रदान गरिरहेको छ भने ६२ एटीएम, इन्टरनेट तथा मोबाइल बैँकिङमार्फत आफ्नो डिजिटल च्यानललाई समेत समयसापेक्षित तवरले विस्तार गरिरहेको छ । 
५ सय भन्दा बढी कर्मचारी रहेको बैँकले समय र उपभोक्ताको मागअनुसार आफूलाई हरेक ढंगबाट विकास र विस्तार गर्दै गइरहेको छ । 

बैँकको हालको पुँजी ३ अर्ब ३ करोड रहेको छ । नेपाल राष्ट्र बैँकको पुँजी वृद्धिको योजना अनुरुप आगामी वर्षमा पुँजी ८ अर्ब बनाउन बैँकले स्वीकृति प्राप्त गरिसकेको छ । हाल बैंककोे वासलातको आकार ३९ अरब रहेको छ । 

लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ को जुन महिनाबाट कारोबार शुरु गरी हाल ३० वटा शाखामार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ । यस कंपनिले यसै वर्ष आफ्नो आइपिओ निश्कासन गरेको छ । बैंकले हालसालै लक्ष्मी क्यापिटल मार्पmत म्यूचुअल फण्ड निश्कासन गरेको थियो ।