जनता बैंक लिमिटेडसँग मर्जरमा जान लागेको त्रिवेणी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय एक दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा त्रिवेणीले पाँच करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
एक अर्ब ३५ करोड रुपैयाँ चुक्ता पूँजी भएको त्रिवेणी विकास बैंकले निक्षेपमा १६ दशमलव १४ प्रतिशतले वृद्धि गरी नौ अर्ब ५९ करोड ७२ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ५१ दशमलव ६२ प्रतिशतले वृद्धि गरी आठ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ८७ दशमलव २३ प्रतिशतले बढेर २६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा १०२ दशमलव ४३ प्रतिशतले बढेर १६ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
जोखिमयुक्त सम्पति १४ दशमलव ५३ प्रतिशत र निष्कृय कर्जा दुई दशमलव ५९ प्रतिशत रहेको बैंकको प्रोभिजनमा तीन करोड ५७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड ४२ लाख रुपैयाँ रहेको छ ।
यो अवधिमा २९ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको बैंकको प्रतिसेयर आम्दानी (वाषिक) १६ दशमलव ५३ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशलमव ९३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १९ दशमलव ५७ रुपैयाँ र तरलता अनुपात २४ दशमल ०९ प्रतिशत रहेको छ ।