वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९३ दशमलव ४३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा वेष्टर्नले एक करोड ३६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
१५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले निक्षेपमा २३ दशमलव ८६ प्रतिशतले वृद्धि गरी दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँ संकलन गरेको छ । बैंकले कर्जामा एक अर्ब ७३ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १०८ प्रतिशतले बढेर चार करोड ८४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ११६ प्रतिशतले बढेर पाँच करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
निष्कृय कर्जा शुन्य दशमलव ७१ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १४ दशमलव ४८ प्रतिशत रहेको बैंकले प्रोभिजनमा एक करोड २६ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा नौ करोड ११ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ दशमलव ८६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशलमव २१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ७४ दशमलव ९३ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ९१ प्रतिशत रहेको छ । छ ।