Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेगा बैंकसँग मर्जरमा जान लागेको टुरिजमको नाफा १०५ प्रतिशतले बढ्यो

२०७३ माघ १७ गते

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय पाँच दशमलव ६३ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा टुरिजमले सात करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

९१ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा ५० दशमलव ५६ प्रतिशतले वृद्धि गरी १० अर्ब ७४ करोड १३ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा नौ अर्ब २४ करोड १७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ९५ प्रतिशतले बढेर २६ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७९ दशमलव ०४ प्रतिशतले बढेर १८ करोड ८१ लाख रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा एक दशमलव ३० प्रतिशत र जोखिमयुक्त सम्पत्ति १३ दशमलव ३३ प्रतिशत रहेको बैंकले चार करोड ९५ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । त्यस्तै, जगेडाकोषमा बैंकले ४८ करोड ६९ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले चार करोड २२ लाख रुपैयाँ खराब कर्जा उठाएको जनाएको छ । 

टुरिजम डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी वार्षिक ३१ दशमलव ८३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ५१ गुणा र प्रतिसेयर नेटवर्थ एक् सय ५२ दशमलव ९४ रुपैयाँ रहेको छ ।