South Asian Federation of Accountants (SAFA) द्वारा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड सम्मानित भएको छ । बांग्लादेशको ढाकामा शुक्रबार आयोजित SAFA Best Presented Annual Report Awards 2015 समारोहमा बैंकले SAARC Anniversary Award for Corporate Governance र Private Sector Banks (including cooperatives) क्षेत्रमा Certificate of Merit प्राप्त गरेको हो ।
SAFA ले उक्त सम्मान SAFA’s Committee for Improvement in Transparency, Accountability & Governance of the Published Annual Reports द्वारा गरिएको मूल्यांकनको आधारमा वार्षिक रुपमा वितरण गर्दै आएको सम्मान हो । SAFA दक्षिण एसियाली राष्ट्रहरुको चार्टड एकाउण्टेन्ट्स संस्थाहरुको संगठन हो ।
यसै वर्ष बैंकको उक्त वित्तीय विवरणले Institute of Chartered Accountants of Nepal द्वारा Best Presented Annual Report (BPA), 2015 Award र बैंक सिङ्गापुरमा आयोजित वल्र्ड एच आर डी कंग्रेस(World HRD Congress) को Asia Banking, Financial Services & Insurance Excellence Awards 2016 द्वारा Best Bank in Public Sector (सार्वजनिक क्षेत्रको उत्कृष्ट बैंक) विधामा पुरष्कृत भएको थियो ।
बैंकले आगामी दिनमा पनि उत्कृष्ट वार्षिक वित्तीय विवरण प्रकाशन गर्ने तथा संस्थागत सुशाशनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्घता व्यक्त गरेको छ ।