Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आईएमई बैंकले कमायो ९० करोड ६२ लाख मुनाफा

admin २०७३ माघ १५ गते
सेयर:

ग्लोबल आईएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ९० करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमईले ७६ करोड २७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

सात अर्ब १५ करोड पाँच लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा ३३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी ८४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ७१ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले कर्जामा गत वर्षको सोहि अवधिमा ५४ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ लगानी गरेको थियो । यो अवधिमा बैंकको खुद व्याज आम्दानी २६ दशमलव ७३ प्रतिशतले बढेर एक अर्ब ६७ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२ दशमलव ५३ प्रतिशतले बढेर एक अर्ब चार करोड ५३ लाख रुपैयाँ पुगेको छ । 

जोखिमयुत्तm सम्पत्ति शुन्य दशमलव ६४ प्रतिशतले घटेर ११ दशमलव ८२ प्रतिशत पुगेको बैंकको निष्कृय कर्जा पनि शुन्य दशमलव ०३ प्रतिशतले घटेर एक दशमलव ७१ प्रतिशतमा कायम भएको छ । बैंकले जगेडाकोषमा दुई अर्ब ४६ करोड १३ लाख रुपैयाँ राखेको छ भने प्रोभिजनमा २७ करोड नौ लाख रुपैयाँ राखेको छ । यो अवधिमा ग्लोबल आईएमईले १९ करोड ५० लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको प्रतिसेयर आम्दानी २५ दशमलव ३५ रुपैयाँ, मुल्य आम्दानी अनुपात १६ दशमलव ६९ गुणा, नेटवर्थ प्रति सेयर १ सय ३४ दशमलव ४२ रुपैयाँ रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।