गुडविल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ९० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्ुडविलले दुई करोड ३८ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
४५ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले निक्षेपमा १५ प्रतिशत वृद्धि गरी तीन अर्ब ८६ करोड ४८ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा तीन अर्ब २७ करोड १६ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी ६९ दशमलव ०७ प्रतिशतले बढेर आठ करोड ५० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १७ लाख ३३ हजार रुपैयाँले घटेको छ ।
निष्कृय कर्जा एक दशमलव ९९ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १२ दशमलव २३ प्रतिशत रहेको फाइनान्सले प्रोभिजनमा ३ करोड ६७ लख रुपैयाँ राखेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी वार्षिक १३ दशमलव ११ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार तीन सय ६५ रुपैयाँ ९८ पैसा, प्रतिसेयर नेटवर्थ एक सय २७ रुपैयाँ ८९ पैसा र तरलता अनुपात ५३.४१ प्रतिशत रहेको छ ।