Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सञ्चालन नाफा ५४१ प्रतिशतले बढेको प्रोग्रेसिभ फाइनान्सको खुद नाफा किन घट्यो ?

२०७३ माघ १३ गते

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ७८ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक करोड ७७ लाख रुपैयाँले घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रोग्रेसिभले दुई करोड ५५ लाख २५ हजार रुपेयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

२१ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले निक्षेपमा ३९ दशमलव ०६ प्रतिशतले वृद्धि गरि ५३ करोड २६ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । कम्पनीले कर्जामा ५७ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी ५७ दशमलव ६६ प्रतिशतले बढेर १ करोड २४ लाख रुपैयाँ पुगेको छ भनेसञ्चालन मुनाफा पाँच सय ४१ दशमलव १६ प्रतिशतले बढेर ३४ लाख ११ हजार रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा एक दशमलव ५१ प्रतिशत र जोखिमयुक्त सम्पत्ति ३५ दशमलव ०५ प्रतिशत रहेको कम्पनीले ८४ लाख रुपैयाँ जगेडाकोषमा र तीन करोड ६७ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी वार्षिक १४ रुपैयाँ ८८ रुपैसा, प्रतिसेयर नेटवर्थ एक सय चार रुपैयाँ एक पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य तीन सय ७५ रुपैयाँ ५३ पैसा र तरलता अनुपात ३२.०२ प्रतिशत रहेको छ ।