Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

दोस्रो त्रैमासमा सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा १८ करोड ६८ लाख पुग्यो

२०७३ माघ १३ गते

सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ८३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थले १४ करोड ९५ लाख रुपैंया मुनाफा आर्जन गरेको थियो ।

एक अर्ब ४१ करोड ९१ लाख रुपैंयाँ चुक्ता पुँजी भएको बैंकले निक्षेपमा ७५ प्रतिशतले वृद्धि गरि १४ अर्ब २१ करोड २३ लाख रुपैंया संकलन गरेको छ भने कर्जामा १२ अर्ब १९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी ८५ दशमलव ०२ प्रतिशतले बढेर ३८ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १९ दशमलव २१ प्रतिशतले बढेर २७ करोड ३४ लाख रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा दुई दशमलव ७८ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १३ दशमलव १९ प्रतिशत रहेको बैंकले प्रोभिजनमा चार करोड २० लाख रुपैयाँ र जगेडाकोषमा ४१ करोड ७९ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर वार्षिक आम्दानी २६ रुपैयाँ ३३ पैसा, मुल्य आम्दानीको अनुपात १२ दशमलव २३ प्रतिशत, प्रतिसेयर नेटवर्थ एक सय २९ रुपैयाँ ४५ पैसा र तरलता अनुपात २७ दशमलव ३२ प्रतिशत रहेको छ ।