Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी बैंकले कमायो २२ करोड ३९ लाख मुनाफा

२०७३ माघ १३ गते

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ दशलमव २९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सेञ्चुरीले १६ करोड सात लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

तीन अर्ब ६८ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले निक्षेपमा ३३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी ३२ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ४५ प्रतिशतले बढाएर २९ अर्ब एक करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३२ दशमलव ६४ प्रतिशतले बढेर ५१ करोड ६० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३९ दशमलव ७४ प्रतिशतले बढेर ३२ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।  

बैंकको निष्कृय कर्जा शुन्य दशमलव १९ प्रतिशतले घटेर शुन्य दशमलव ४७ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पत्ति तीन दशमलव ०८ प्रतिशतले बढेर १४ दशमलव ४२ प्रतिशत पुगेको छ । यो अवधिमा तीन करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल सेञ्चुरीले जगेडाकोषमा ८३ करोड ५९ लाख रुपैयाँ र प्रोभिजनमा आठ करोड १५ लाख रुपैयाँ राखेको छ । 

पुस मसान्तसम्ममा सेञ्चुरी बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ पैसा, मुल्य आम्दानीको अनुपात २७ दशमलव ५१ प्रतिशत, प्रतिसेयर नेटवर्थ एक सय २२ रुपैयाँ ६६ पैसा र तरलता अनुपात २३ दशमलव ५५ प्रतिशत रहेको छ ।