लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय १२ दशमलव पाँच प्रतिशतले बृद्धि भएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मीले दुई करोड ४४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
२२ करोड रुपैयाँ चुक्तापुँजी भएको लक्ष्मी लघुवित्तले निक्षेपमा ८२ प्रतिशतले वृद्धि गरी ५२ करोड २८ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ ७८ प्रतिशतले वृद्धि गरी एक अर्ब ७६ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ८२ दशमलव ५४ प्रतिशतले बढेर ११ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११० प्रतिशतले बढेर आठ करोड आठ लाख रुपैयाँ पुगेको छ ।
निष्कृय कर्जा शुन्य दशमलव ३४ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १७ दशमलव ९७ प्रतिशत रहेको लक्ष्मी लघुवित्तले प्रोभिजनमा ५२ लाख रुपैयाँ राखेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी वार्षिक ४७ दशमलव १६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २४ दशमलव १७ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ५१ दशमलव ९७ रुपैयाँ र तरलता अनुपात १८ दशमलव ९४ प्रतिशत रहेको छ ।


