Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कैलाश विकास बैंकको नाफा ९३ प्रतिशतले बढ्यो

२०७३ माघ १२ गते

कैलाश विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तुलनामा ९३ दशमलव ३८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कैलाशले १३ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

एक अर्ब ९७ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा ६१ दशमलव ५२ प्रतिशतले वृद्धि गरी १५ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ ६८ दशमलव ३७ प्रतिशतले बढाएर १४ अर्ब ३२ करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी एक सय एक दशमलव ७४ प्रतिशतले बढेर ४६ करोड २९ लाख रुपैयाँ पुगेको छ भनेसंचालन मुनाफा एक सय ६७ दशमलव १८ प्रतिशतले बढेर ३४ करोड २१ लाख रुपैयाँ पुगेको छ । 

जोखिमयुक्त सम्पत्ति १६ दशमलव ६४ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ७० प्रतिशत रहेको बैंकको जगेडाकोषमा ७३ करोड २९ लाख रुपैयाँ रहेको छ भने प्रोभिजनमा तीन करोड ३८ लाख रुपैयाँ राखिएको छ । यो अवधिमा बैंकले दुई करोड १८ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । बैंकको प्रतिसेयर आम्दानी २६ दशमलव ७१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ७३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३७ दशमलव १० रुपैयाँ र तरलता अनुपात २३ दशमलव ६३ प्रतिशत रहेको छ ।