March 30th, 2016

अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा एनआईडिसि डेभलपमेन्ट बैक 

N IDCराष्ट्रिय स्तरको डेभलपमेन्ट बैँक एनआईडिसि डेभलपमेन्ट बैक अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS मा जाने भएको छ । बैँकले यस NCHL-IPS सेवाका लागि नेपाल क्लियरिङ हाउससँग बुधबार सम्झौता गरेको छ ।  सम्झौतापत्रमा क्लियरिङ्ग हाउसको तर्फबाट सीईओ नीलेश मान सिंह प्रधान र बैकका तर्फबाट सीईओ शिवजी र. यादव हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार क्लियरिङ्ग हाउसले बैँकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।

NCHL-IPS प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथावित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ । 

NCHL-IPS प्रणालीका लागि कम्पनीले ४५ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनिसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । यस सम्झौतापछि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्य संख्या ४९ पुगेको छ । 

नेपाल क्लियरिङ्ग हाउसले हाल संचालन गर्दै आएको NCHL-ECC सेवामार्फत आफ्ना १२४ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,६७८ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउदै आएको छ ।