काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कुमारी बैंसँग मर्जरमा जान लागेको बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ६७ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा काष्टमण्डपले १५ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
६७ करोड ९८ रुपैयाँ चुक्ता पुँजी भएको बैंकले बैंकले निक्षेपमा ३३ दशमलव ७९ प्रतिशतले वृद्धि गरी ७ अर्ब ८३ करोड १९ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ६ अर्ब ३३ करोड ९१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४६ दशमलव ७२ प्रतिशतले वढेर १७ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १५४ प्रतिशतले बढेर ८ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
निष्कृय कर्जा शुन्य दशमलव ९० प्रतिशत र जोखिमयुक्त सम्पत्ति १४ दशमलव २९ प्रतिशत रहेको बैंकले जगेडाकोषमा ३७ करोड ९५ लाख रुपैयाँ राखेको भने प्रोभिजनमा तीन करोड ५५ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले छ करोड ३९ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको प्रतिसेयर आम्दानी २९ दशमलव ९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२४ दशमलव ३७ र तरलता अनुपात ३७ दशमलव ८० प्रतिशत रहेको छ ।