Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

नेपाल बंगलादेश बैंकको नाफा ५० प्रतिशतले बढ्यो

२०७३ माघ १० गते

नेपाल बंगलादेश बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५४ करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक पर्षको दोस्रो त्रैमासमा बैंकले ३६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

चार अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले व्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि हासिल गरेको छ । बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २८.३ प्रतिशतले बढेर ७२ करोड ६१ लाख १८ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा बैंकले ४१ अर्ब निक्षेप संकलन गरेर ३६ अर्ब कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात भने ७८ प्रतिशत रहेको छ ।

भारी मात्रामा हकप्रद र बोनस सेयर जारी गरेर आठ अर्ब चुक्तापुँजी पुर्याउन लागेको नेपाल बंगलादेश बैंक खराब कर्जा एक प्रतिशत भन्दा तल झार्न सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १.०८ प्रतिशत रहेको खराब कर्जा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ०.९९ प्रतिशतमा झरेको हो । यसअवधिमा छ करोड ९० लाख रुपैयाँ डुबेको कर्जा असुल गरेको बैंकले सम्भावित जोखिममा १४ करोड रुपैयाँ राखेको छ । बैंकको जगेडाकोषमा दुई अर्ब ५६ करोड रुपैयाँ रहेको छ । 

बैंकले यसअवधिमा प्रति सेयर आम्दानी २७ रुपैयाँ कायम गरेको छ । प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ देखाएको छ ।