Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

स्वावलम्बन लघुवित्तको १६औँ वार्षिकोत्सव सम्पन्न (फोटोफिचरसहित)

२०७३ माघ १० गते

स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

इटहरीस्थित स्वाबलम्बन लघुवित्तको इलाका कार्यालयको आयोजनामा बैंकको वार्षिकोत्सव समाहरोह कार्यक्रम इटहरी स्थित गोर्खा किचेनको सभाहलमा सम्पन्न भएको हो । 

सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालको प्रमुख आतिथ्य तथा इलाका कार्यालय इटहरीका ईलाका प्रबन्धक राज कुमार सिंहको सभापतित्वमा सम्पन्न समाहरोहमा प्रमुख अतिथि पौड्यालद्धारा बैंकको उत्कृष्ट शाखा कार्यालय धरान, सर्वोउत्कृष्ट दोश्रो स्थान हासिल गर्न सफल शाखा कार्यालय धरानको केन्द्र नं. ९ का केन्द्र प्रमुख, सात जना सफल ब्यवसायी र उत्कृष्ट तीन जना बचतकर्ता सदस्यहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

साथै पौड्यालबाट स्वावलम्बन लघुवित्त विकास बैंकका सदस्यहरुको सफलताको कथा संग्रह “स्वाबलम्बी महिलाहरु” को लोकापर्ण समेत गरिएको बताइएको छ ।