Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकले छ महिनामा कमायो ७२ करोड ६० लाख मुनाफा

admin २०७३ माघ ९ गते
सेयर:

सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७२ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९ दशलमव ०७ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थले ४८ करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

पाँच अर्ब २३ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा गरेको प्रगतीले खुद नाफ बढाउन सहयोग पुर्याएको छ । बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा ६३ दशमलव ०४ प्रतिशतले बढेर १ अर्ब ३० करोड ६५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४६ दशमलव ६३ प्रतिशतले बढेर ८७ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकले निक्षेपमा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ५४ दशमलव ०६ प्रतिशतले वृद्धि गरी ७४ अर्ब ९३ करोड ५७ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ ५५ दशमलव ४८ प्रतिशतले बढाएर दुई अर्ब ६५ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ ।

यो अवधिमा सिद्धार्थले १२ करोड रुपैयाँ खराबकर्जा उठाएको छ । निष्कृय कर्जा शुन्य दशमलव ०९ प्रतिशतले बढेर १.५० प्रतिशत पुगेको बैंकले जगेडाकोषमा दुई अर्ब ४७ करोड १८ लाख रुपैयाँ राखेको छ । त्यस्तै, बैंकको प्रोभिजनमा २७ करोड सात लाख रुपैयाँ रहेको छ । 

पुस मसान्तसम्ममा सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी २७ दशमलव ७४ रुपैयाँ, पीइ रेसीयो ३५ दशमलव ९१ प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय ४७ दशमलव २२ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ७३ प्रतिशत रहेको छ । त्यस्तै, बैंंकको पूँजी कोष पर्याप्तता अनुपात शुन्य दशमलव ५३ प्रतिशतले बढेर ११ दशमलव ५७ प्रतिशत पुगेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।