Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चीन र भारतमा शाखा खोल्दै राष्ट्रिय वाणिज्य बैंक 

२०७३ माघ ७ गते

पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले छिमेकी मुलुक भारत र चीनमा आफ्नो शाखा स्थापना र विस्तार गर्ने भएको छ । बैंकको ५२ औँ स्थापना दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भारत र चीनमा शाखा स्थापना र विस्तारको तयारी अघि बढाइसकेको जानकारी दिए ।

उनका अनुसार भारत र चीनमा शाखा स्थापना र विस्तार गर्नका लागि बैंकको सञ्चालक समितिले अनुमति दिइसकेको छ ।

बैंकले भारतमा शाखा विस्तारको तयारी गरेको छ भने चीनमा सम्भाव्यता अध्ययन कार्य सुरु गरिएको जनाएको छ । विसं २०२२ माघ १० गते स्थापना भएको बैंकका हाल ६८ जिल्लामा १७१ शाखा, ती शाखामा ९० एटिएम सेवा, १७ स्थानमा एक्सटेन्सन काउन्टर तथा ७५ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।