Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

फेवा विकास बैंकको सञ्चालन मुनाफा साढे २८ करोड

२०७३ माघ ६ गते

फेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २८ करोड ५३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकको सञ्चालन मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५ प्रतिशतले बढेको हो । 

यो निक्षेपमा बैंकले २० प्रतिशतले वृद्धी गरी १२ अर्ब ५९ करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ बैंकले २६ प्रतिशतले बढाएर ११ अर्ब  १४ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको कर्जा निक्षेप तथा पूँजीकोष अनुपात ७८.१७ प्रतिशत र तरलता अनुपात  २५.६७ प्रतिशत कायम रहेको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा पनि गत वर्षको तुलनामा अत्यन्तै न्यून रहेको प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए । 

बैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा  ब्द्यद्यक्  ब्त्ः, क्ःक् बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यास सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ । साथै, न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ । 

पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडसँग गाभ्ने र गाभिने सम्बन्धमा नेपाल राष्ट्र बैंकमा निवेदन दिइएकोमा नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती पत्र आइसकेको र दुवै बैकको साधारण सभाले पनि एक आपसमा गाभ्ने/गाभिने (मर्ज गर्ने) सम्वन्धी विशेष प्रस्तावलाई समेत सर्वसम्मत रुपमा पारित गरिसकेको बताइएको छ । मर्जर पश्चात बैंकको नेटवर्थ, शाखा सन्जाल, व्यवसायको बजार अंश तथा ठुला परियोजनामा लगानीको पहुच र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुन गई ग्राहकवर्गले थप सेवा सहित सरल र सहज रुपमा वित्तीय सेवा प्राप्त गर्न सक्नेछन् । बैंकको केन्द्रिय कार्यालय नेपाल राष्ट्र बैंकको स्वीकृती लिई काठमाडौं महानगरपालिमा स्थान्तरण गर्ने र मर्जर पश्चात कायम हुने चक्तापूँजी एक अर्व ८४ करोड रुपैयाँकोे २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित भइसकेको बैंकले जनाएको छ ।