March 29th, 2016

लक्ष्मी बैँकले खोल्यो एकैपटकमा दुई वटा शाखा

laxmi bankलक्ष्मी बैंकले एकै पटक दुई शाखा सञ्चालमा ल्याएको छ । बैंकले मध्यपश्चिमको सुर्खेत र सुदुर पश्चिमको महेन्द्रनगरमा शाखा खोलेको हो । यी दुई शाखा विस्तारसँगै बैँकको शाखा संख्या ४९ पुगेको छ । बैँकको २ विस्तार काउन्टर र ६२ एटिएम छन् । 

यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको बैँकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ । बैंकले आगामी दिनमा पनि शाखा विस्तार गर्दै लैजाने जनाएको छ । 

बैंकले करिब ५०० कर्मचारी मार्फत ३५ वटा शहरमा आफ्नो सेवा पुर्याउँदै आएको छ ।