सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक ९.५ प्रतिशत ब्याज प्रदान गर्ने गरी १८० दिने मुद्धति निक्षेप योजाना ल्याएको छ । बैंकले वर्तमान पुँजी बजारलाई ध्यानमा राखेर यस्तो योजना ल्याएको बताएको छ । उक्त मुद्धति निक्षेप ग्राहकवर्गले यस बैंकको कुनै पनि शाखाबाट खाता खोल्न सक्ने बताइएको छ ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट आस्वाको सदस्यता प्राप्त गरी माघ १ गतेदेखि उक्त सेवा आफना सम्पूर्ण शाखाहरुवाट संचालन गरिसकेको छ । लगानीकर्ताले यस प्रणालीबाट साधारण सेयर (आईपिओ) र नयाँ सेयर (एफपिओ) मा लगानी गर्दा निजको खातामा रकम रोक्का राखी दिने र सेयर बाँडफाँडमा परे बमोजिम रकम मात्र कट्टा गरी बाँकी रकम खातामा फुकुवा गर्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । यस सेवाबाट यस बैंकमा खाता भएका ग्राहकवर्गले प्राथमिक निष्काशनको समयमा आवेदन बुझाउन लाइन बस्नुपर्ने, बाँडफाँडपछि चेक संकलन गर्नुपर्ने समय समेत अन्य कार्यमा सदुपयोग गर्न सक्नेछन् ।