Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मृतक सदस्यको परिवारलाई निर्धन उत्थान बैंकले दियो बीमा रकम

admin २०७३ माघ ६ गते
सेयर:

धरानको पाँचकन्यामा शाखा विस्तार गरेको निर्धन उत्थान बैंक लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । धरान उपमहानगरपालिका अन्तर्गत वडा नं १९ गैरेटोलमा  गठन भएको गैरेटोल महिला स्वावलम्बी समुहकी सदस्य कमला अवोलको निधन भएपछि निज सदस्यले पाउने बीमा रकम बुधबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । मृतकको छोरा पुर्ण अवोललार्ई बीमा वापतको रकम एक लाख ३८ हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ । 

बैंकले विपन्न, जनजाति र दलित परिवारका लछित वर्गलाई समेटी समुह गठन गरी ऋण प्रभाव मार्फत कार्यक्रम विस्तार गर्दै महिला दिदी बहिनीहरुको जिवनस्तरमा परिवर्तन ल्याएको निर्धन उत्थान बैंकका शाखा प्रमुख राज कुमार उपाध्यायको भनाई छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।