Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बुटवलको पुष्पलाल पार्कमा ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार

२०७३ माघ ५ गते

ओम डेभलपमेन्ट बैक लिमिटेडले बुटवलको पुष्पलाल पार्कमा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ । पूष्पलाल पार्क हस्पिटल लाइनमा आफ्नो कारोबार सुचारु गरेको बुटवल शाखाका प्रबन्धक अर्जुन ज्ञवालीले जानकारी दिए । बुटवल शाखा सहित ओमले अब मुलुमभर २९ शाखाबाट आफ्नो सेवा दिनेछ । 

हाल उत्कृष्ट पाँचमा पर्न सफल ओम डेभलपमेन्ट बैकले बचतका बिभिन्न प्रकारका खातामा आकर्षक ब्याज प्रदान गर्दै आएको छ । हालै मात्र बैंकले १० प्रतिशत ब्याजदरमा एक बर्षे मुद्दती र  १०.५ प्रतिशत ब्याजदरमा ९० दिने बिषेश मुद्दती खाताको नयाँ योजना ल्याएको छ । यस योजनालाई भरपूर लाभ उठाउन बैंकले ग्राहकलाई आग्रह समेत गरेको छ ।