Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ओम डेभलपमेन्ट बैंकले कमायो १९ करोड नाफा

२०७३ माघ ४ गते

ओम डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा १९ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहिरहन पुँजीवृद्धिको दौडमा रहेको बैंकले यो अवधिमा १२ अर्ब ९८ करोड निक्षेप संकलन गरी ११ अर्ब ३४ करोड कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७.६७ प्रतिशत रहेको छ भने निक्षेप तरलता अनुपात २३.१३ प्रतिशत रहेको छ । यो अवधिमा बैंकले २९ करोड ८९ लाख सञ्चालन मुनाफा गरेको छ । 

बैंकले मनास्लु विकास बैंक लिमिटेडसंग मर्जरमा जानको लागि सैदान्तिक सहमति पाइसकेको छ । मर्जर पश्चात बैंकको चूक्तापूजी १ अर्व ३६ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै चूक्तापूँजी वृद्धिका लागि ३० प्रतिशत बोनस सेयर जारी गर्ने जानकारी बैंकले दिएको छ । बोनस सेयर जारी पश्चात चूक्तापूँजी २ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । 

त्यस्तै, आस्वा प्रणालीको लागि पनि स्वीकृती प्राप्त गरिसकेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले बताए । पोखरामा मुख्य कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले आगामी दुई वर्ष्भित्र राष्ट्रियस्तरको उत्कृष्ट तीन विकास बैंक भित्र पुग्ने लक्ष्य लिएको छ ।