
बैंकिङ खबर / माछापुच्छ्रे बैंकले आफ्नो २८औँ वार्षिक साधारण सभा असोज २८ गते आयोजना गर्ने भएको छ। बैंक सञ्चालक समितिको असोज २ गते बसेको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सभामा आर्थिक वर्षका लागि प्रस्तावित लाभांश वितरणसम्बन्धी प्रस्ताव पेस गरिनेछ। बैंकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव साधारण सभाबाट अनुमोदनका लागि लैजाने भएको छ ।
त्यसैगरी, बैंकका अग्राधिकार सेयरधनीलाई समानुपातिक रूपमा प्राप्त हुने ७ करोड ४५ लाख रुपैयाँ वितरण गर्ने प्रस्तावसमेत सभामा पेस गरिनेछ।
वार्षिक साधारण सभामार्फत बैंकको सञ्चालक समिति निर्वाचनसम्बन्धी प्रक्रिया पनि अघि बढाइनेछ। संस्थापक सेयरधनी समूहबाट ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट १ जना सञ्चालक निर्वाचित हुनेछन् ।
बैंकले साधारण सभामा प्रस्तुत हुने अन्य नियमित प्रस्ताव तथा एजेन्डासमेत पारित गर्ने जनाएको छ ।