चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सिर्जना फाइनान्स लिमिटेडले पाँच करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा ६६ दशमलव १८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा सिर्जनाले तीन करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
यो अवधिमा कम्पनीको खुद व्याज आम्दानी साढे २ गुणाले बढेर १२ करोड १२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा २ गुणाले बढेर नौ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
३९ करोड ९७ लाख रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले यो अवधिमा निक्षेपमा ३० करोड रुपैयाँ बढाएर दुई अर्ब ७३ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ ८९ दशमलव ४० प्रतिशले बढाएर दुई अर्ब ४३ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ ।
निष्कृय कर्जा १ दशमलव ८८ प्रतिशत पुगेको बैंकको जगेडा कोष ६ प्रतिशत घटेर १० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, प्रोभिजनमा कम्पनीले एक करोड ६१ लाख रुपैयाँ राखेको जनाएको छ ।