काठमाडौं / सरकारले पुँजीबजारलाई थप व्यवस्थित, सबल र लगानीमैत्री बनाउने उद्देश्यसहित २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता घोषणा गरेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी कार्ययोजना अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो ।
कार्ययोजनामा पुँजीबजारको सुधारसँग सम्बन्धित विभिन्न कामका लागि अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले पूरा गर्नुपर्ने जिम्मेवारी तथा समयसीमा तोकिएको छ।सरकारले गैरआवासीय नेपाली (एनआरएनए) लाई पुँजीबजारमा थप समेट्ने विषयलाई पनि कार्ययोजनामा प्राथमिकता दिएको छ ।
यस्तै, लगानीकर्ताको चासोको विषय रहेको पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा सुधार गर्ने विषयसमेत कार्ययोजनामा समेटिएको छ। सरकारले पुँजीबजारको विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा बजारलाई थप पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि सारेको जनाएको छ ।



