Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

रसुवा तथा आसपासका बाढी प्रभावित समुदायलाई दराज नेपालको सहयोग

२०८३ भाद्र १९ गते

काठमाडौं  /  बाढी तथा पहिरोबाट प्रभावित रसुवा र आसपासका क्षेत्रका समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले दराज नेपालले राहत तथा सहयोग अभियान सञ्चालन गरेको छ। प्राकृतिक विपत्तिबाट प्रभावित स्थानीय बासिन्दाको तत्कालीन आवश्यकता सम्बोधन गर्न कम्पनीले आवश्यक राहत सामग्री तथा सहयोग उपलब्ध गराएको जनाएको छ ।

बाढीका कारण घरपरिवार, दैनिक जनजीवन तथा स्थानीय पूर्वाधारमा असर परेको अवस्थामा प्रभावित समुदायलाई सहयोग पुर्‍याउनु आफ्नो सामाजिक उत्तरदायित्वको हिस्सा भएको दराज नेपालले जनाएको छ। कम्पनीका अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक सामग्री उपलब्ध गराउँदै उनीहरूको कठिन परिस्थितिमा साथ दिने उद्देश्यले सहयोग विस्तार गरिएको हो ।

दराज नेपालले रसुवा तथा आसपासका प्रभावित क्षेत्रमा स्थानीय सरोकारवाला तथा सम्बन्धित निकायसँगको समन्वयमा राहत सहयोग अघि बढाएको जनाएको छ। विपद्बाट प्रभावित समुदायको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै सहयोगलाई प्रभावकारी रूपमा प्रभावित परिवारसम्म पुर्‍याउने प्रयास गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीले आगामी दिनमा पनि प्राकृतिक विपत्तिबाट प्रभावित समुदायको आवश्यकता र परिस्थितिअनुसार सामाजिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।दराज नेपालले विपद्को समयमा निजी क्षेत्र, सरकारी निकाय तथा विभिन्न सामाजिक संघसंस्थाबीचको सहकार्यले प्रभावित समुदायलाई राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।