March 28th, 2016

एनबी इन्स्योरेन्सले एकै पटक बिस्तार गर्यो दुई वटा शाखा

915368631_1429253048एनबी इन्स्यारेन्सले एकै पटक २ वटा शाखा बिस्तार गरेको छ । इन्स्योरेन्सले सोलुखुम्बु र ओखलढुंगामा शाखा विस्तार गरेको हो । एनबी इन्स्यारेन्सले सोलुखुम्बुको दुधकुण्ड नगरपालिका र तेह«ौं शाखा ओखलढुंगाको सिद्दिचरण नगरपालिकामा बाह«ौं शाखासञ्चालनमा ल्याएको हो । आइतबार एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले दुवै शाखाको उद्घाटन गरेका हुन् । शाखा उद्घाटन गर्दै समिति अध्यक्ष डा. केसीले दुर्गम क्षेत्रमा बीमाको पहुँच बढाउनु पर्नेमा जोड दिएका थिए । इन्स्योरेन्सका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई सहयोग गर्दै ग्रामिण क्षेत्रमा आखा बिस्तार गरिएको बताए ।