२०७३ माघ २ गते

सिटिजन्स बैंकको इएमभीमा आधारित चिप कार्ड जारी

यस सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले २०७३ साल माघ महिना देखि भिसा डेविट तथा क्रेडिट कार्डहरु अब इएमभीमा आधारित चिपकार्ड जारी गरेको छ । ग्राहकहरु संग रहेको पुराना म्याद नाघेको म्यागनेटिक स्ट्रिप कार्ड नविकरण गर्दा अनिवार्य रुपमा चिप  वितरण गर्ने र ग्राहकवर्गसंग रहेको म्याद ननाघेको म्यागनेटिक स्ट्रिप कार्ड परिवर्तन गर्न चाहेने ग्राहकवर्गको लागी न्यूनतम शुल्क लिई परिवर्तन गरि दिने व्यवस्था गरिएको छ । बैंकले हाल नेपाल र भारतमा प्रयोग गर्न सकिने डोमेस्टिक डेबिट र क्रेडिट कार्डका साथै बिश्वव्यापि रुपमा प्रयोग गर्न सकिने इन्टरनेशनल डलर डेविट एवं क्रेडिट कार्ड संचालनमा रहेको छ ।

चिपमा आधारित कार्डको प्रयोगवाट हुने कारोवार सुरक्षित एवं भरपर्दो हुने हुंदा डाटा चोरी एवं अनधिकृत कारोवार हुने सम्भावना न्यून रहन्छ । बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाबाट करिब ५ लाख ग्राहाकहरुलाई सेवा प्रदान गरिरहेको छ । हाल बैंकको उपत्यका भित्र २७ र उपत्यका बाहिर २६ वटा गरी कुल ५३ वटा ए.टि.एम.हरु सञ्चालनमा रहेको छ ।