काठमाडौं / पोखरा फाइनान्स लिमिटेड र स्टार बक्स कफीबीच पोखरा फाइनान्सका ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ ।
सम्झौताअनुसार पोखरा फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले काठमाडौं उपत्यकाभित्र रहेका स्टार बक्स कफीका आउटलेटमा विशेष छुट प्राप्त गर्नेछन् । कफीबाट प्रदान गरिने सम्पूर्ण परिकारमा १० प्रतिशत छुट उपलब्ध हुने फाइनान्सले जनाएको छ ।
ग्राहकले बिल भुक्तानी गर्ने क्रममा पोखरा फाइनान्सको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेको पुष्टि गरेपछि उक्त छुट लिन सक्नेछन् । डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकलाई थप सेवा–सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य गरिएको फाइनान्सले जनाएको छ ।
पोखरा फाइनान्सले आगामी दिनमा पनि ग्राहकको हितलाई ध्यानमा राख्दै यस्ता विभिन्न सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।
पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, सीआईएसवा लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधा पनि उपलब्ध गराउँदै आएको फाइनान्सले जनाएको छ।