Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक किलो अलैचिको बिउँबाट २ लाख रुपैंया आम्दानी

admin २०७३ पुष २९ गते
सेयर:

कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दैआएका छन् । तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआएका थापाले बिरुवा बिक्रीबाट वार्षिक २० लाखसम्म आम्दानी गरिरहेका छन् । उनले सुरुवातमा एक लाखको लगानीमा दुई रोपनी जग्गामा अलैँचीको बिरुवा उत्पादन कार्य गरेका थिए। हाल उनले आठ रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएका छन् । थापाले कृषिसम्बन्धी विभिन्न तालिम समेत लिएका छन् । तालिम लिएपछि उनी बिरुवा उत्पादन गर्न थालेका थिए ।

अलैँचीको एउटा बिरुवाको मूल्य १० सम्म पर्छ । एउटा झाङ बिरुवालाई २०० सम्म पर्छ । एक किलो अलैँचीको गेडाबाट दुई लाखसम्मको बिरुवा उत्पादन हुने थापाको भनाइ छ । हाल थापाले उत्पादन गर्नुभएको बिरुवा काभ्रेपलोञ्चोक, सिन्धुपाल्चोक, कास्की, मकवानपुरलगायत देशका अन्य जिल्लामा समेत बिक्री वितरण हुने गरेको छ । उनले रामसाही, गोल्साही, चिवेसाही, डमरसाहीलगायत सात प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन्। थापाले हाल खाद्यान्न तथा बीउ आलु, फलफूल, अलैँची नर्सरी उद्योग सञ्चालन गरेका छन् । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।