Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सोलुखुम्बुमा पहिलोपटक विद्युतीय बैँकिङ सेवा

admin २०७२ चैत्र १५ गते
सेयर:

bankingहिमाली जिल्ला सोलुखुम्बुमा पहिलोपटक विद्युतीय बैंकिङ सेवा सुरु भएको छ । कृषि विकास बैंक शाखा कार्यालय सल्लेरीले विद्युतीय सेवा सञ्चालनमा ल्याएको हो । विद्युतीय सेवा सञ्चालनमा आएपछि निकै सहज भएको सेवाग्राहीले बताए ।

सोलुखुम्बुमा कृषि विकास, वाणिज्य, सगरमाथा फाइनान्स र एनएमबी बैंक मात्र छ । तर कृषि विकास बैंक शाखा कार्यालय सल्लेरीले विद्युतीय बैंकिङ सेवा सञ्चालनमा ल्याएपछि जिल्लामा नभएका बैंकको चेकको रकम समेत कृषि विकास बैंकले विद्युतीय बैंकिङ सेवामार्फत दिन थालेपछि सहज भएको हो ।

विद्युतीय सेवा सुरु भएपछि सर्वसाधारणले नेपाल राष्ट्र बैंकमा दर्ता भएका १२५ वटा बैंकका चेकको रकम दिने गरेको कृषि विकास बैंक शाखा कार्यालय सल्लेरीका प्रबन्धक कोमलप्रसाद सिटौलाले जानकारी दिए । विद्युतीय बैंकिङ सेवा सुरु भएपछि जुनसुकै बैंकको चेक यस कृषि विकास बैंकबाट नै भुक्तानी हुन्छ । कृषि विकास बैंक शाखा कार्यालय सल्लेरीमा भुक्तानी लिन आउनु भएका पर्खराम राईले भने “सोलुखुम्बुमा शाखा नभएका बैंकको पनि चेक साटिदिने रहेछ । मैले त सजिलो तरिकाले रकम पाएको छु ।” रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।