नेपाल राष्ट्र बैंक ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडल २९ गतेबाट तुल्सीपुर–६, दाङ्गमा शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखा कार्यालयको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री अच्युतराज सापकोटाले गर्नु भएको थियो । यो संगै वित्तीय संस्थाको शाखा संख्या १० (दस) पुगेको छ । साथै यसै आर्थिक वर्ष भित्र थप शाखाहरु संचालनमा ल्याउने गृहकार्य भइरहेको गणपतिका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले जानकारी दिए ।