Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गणपति माइक्रोफाइनान्सले एकै दिन विस्तार गर्यो दुई शाखा

२०७३ पुष २७ गते

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एकै दिन दुई शाखा स्थापना गरि सञ्चालनमा ल्याएको छ ।

संस्थाले बुधबार (पौष २७ गते) कावासोती नगरपालीका – ३ , नवलपरासी र रामनगर गा.वि.स. – १ , नवलपरासी, भुमईमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

दुबै शाखा कार्यालयको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री अच्युतराज सापकोटाले गरेका थिए ।

यी दुई शाखासँगै गणिपति माइक्रोफाइनान्सको शाखा संख्या ८ पुगेको छ । यसै महिनाभित्र थप २ वटा शाखाहरु सञ्चालनमा ल्याउने योजना संस्थाको छ ।