Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पेट्रोल, सुन र डलरको मूल्यबृद्धिले अर्थतन्त्रमा दवाव : वैदेशीक रोजगारी पनि घट्यो

२०८२ चैत्र २० गते

बैंकिङ खबर / आन्तरिक अर्थतन्त्र बलियो देखिएपनि अमेरीकी युद्ध, वैदेशीक रोजगारमा जानेको संख्ख्यामा कमी, अन्तराष्ट्रिय बजारको महंगी, सुन, तेल र डलरको मूल्यमा भएको असाधारण मूल्यबृद्धिले नेपालको अर्थतन्त्र दवावमा देखिन्छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक रिपोर्ट समग्रमा सन्तुलीत भएपनि बाहीय अर्थतन्त्रले पार्ने दवाव चर्को छ । रोजगारी र आयस्रोतमा थप चुनौतीपूर्ण छ । आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।  

विदेशी विनिमय सञ्चिति २३ अर्ब डलर भन्दा धेरै

फागुन मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति २३ अर्ब डलर भन्दा धेरै देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आबको पहिलो ८ महिनाको तथ्यांकमा विदेशी विनिमय संचिति २३ अर्ब ८ करोड डलर अर्थात ३४ खर्ब १२ अर्ब रुपैयाँ भन्दा माथि छ । यो अवधिमा विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले बढेको छ । गत असार मसान्तमा यो रकम २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा फागुन मसान्तमा १८.३ प्रतिशतले बढेर २३ अर्ब ८ करोड डलर पुगेको देखिन्छ ।

रेमिट्यान्स १४ खर्ब पार, वैदेशिक रोजगारीमा गिरावट

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म नेपालमा भित्रिएको रेमिट्यान्स उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यो अवधिमा कुल १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो। अमेरिकी डलरमा हेर्दा यस अवधिमा करिब १० अर्ब १५ करोड बराबर रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ। फागुन महिनामा मात्र १ खर्ब १८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा भने १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो, जसको तुलना गर्दा फागुनमा केही गिरावट देखिएको छ । 

यता, वैदेशिक रोजगारीतर्फ जाने नेपालीको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ। चालु आर्थिक वर्षको आठ महिनामा अन्तिम श्रम स्वीकृति ( नयाँ तथा व्यक्तिगत ) लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ। गत आर्थिक वर्षको यही अवधिमा भने नयाँ श्रम स्वीकृति लिनेको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको थियो। यसले वैदेशिक रोजगारीतर्फ जाने नयाँ कामदारको संख्या घट्दै गएको संकेत गर्छ। समग्रमा, वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने उल्लेख्य रूपमा बढिरहेको तथ्यांकले देखाएको छ।

डलर, सुन र तेलको मूल्यमा उच्च बृद्धि

अन्तर्राष्ट्रिय बजारमा २०८१ फागुन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७०.८२ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८२ फागुन मसान्तमा ४५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १०३.२३ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८१ फागुन मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २९७४.०५ रहेकोमा २०८२ फागुन मसान्तमा ६९.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ५०४४.६० पुगेको छ । विनिमय दर २०८२ असार मसान्तको तुलनामा २०८२ फागुन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७.२ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ४.२ प्रतिशतले अवमूल्यन भएको थियो । २०८२ फागुन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१४७.६४ पुगेको छ । २०८२ असार मसान्तमा उक्त विनिमय दर रु.१३७ रहेको थियो ।

निक्षेप र कर्जाको अबस्था
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.६ प्रतिशत (रु.४८२ अर्ब १ करोड) ले वृद्धि भई रु.७७४५ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.३ प्रतिशत (रु.२७७ अर्ब २३ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.१ प्रतिशतले बढेकोछ ।

 २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.६ प्रतिशत, ४४.१ प्रतिशत र ४०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.४ प्रतिशत, ३५.४ प्रतिशत र ५१.७ प्रतिशत रहेको थियो(तालिका ४) । २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४.३ प्रतिशत रहेको छ । २०८१ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३५.४ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशत (रु.२४३ अर्ब ५४ करोड) ले बढी रु.५७४१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.० प्रतिशत (रु.३०४ अर्ब ८२ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ । २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ४.६ प्रतिशत, विकास बैंकहरूको ३.५ प्रतिशत र वित्त कम्पनीहरूको १.९ प्रतिशतले बढेको छ । २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत रहेको छ । २०८१ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.५ प्रतिशत र ६५.२ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १०.५ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.० प्रतिशत र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.७ प्रतिशतले घटेकोछ । छज्ञ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा २३.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ११.१ प्रतिशत, हायर पर्चेज कर्जा ८.६ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ३.९ प्रतिशत, देखिन्छ ।