Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

निजी क्षेत्रलाई घुस दिनु नपर्ने, बेइमानीमा कडा कारबाही : अर्थमन्त्री डा. वाग्ले

२०८२ चैत्र १६ गते

बैंकिङ खबर / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस दिनु नपर्ने र कामकाजमा अनावश्यक झन्झट नहुने बताएका छन्। २०८२ चैत १६ गते नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिसँगको भेटमा वाग्लेले लगानी र रोजगारी बढाउन आग्रह गरेका छन्। “म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न,” वाग्लेले भने, ‘म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ ।’ निजी क्षेत्रले अब लाइन लाग्न वा थुनिनुपर्ने अवस्था नआउने अर्थमन्त्री वाग्लेले स्पष्ट पारे। आर्थिक गल्ती भएमा जेलभन्दा जरिवानामा जोड दिने योजना रहेको उनले बताए। यद्यपि नियोजित रूपमा आर्थिक बेइमानी भए सरकारले कडा कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन्।