Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
हाइलाइट

अधिक तरलता बढेपछि केन्द्रीय बैंकले फेरि ५० अर्ब खिच्ने

admin २०८२ चैत्र ८ गते
सेयर:

बैंकिङ खबर / केन्द्रीय बैंकले फेरि ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ । साप्ताहिक नियमित प्रकृया अन्तरगत बजारबाट केन्द्रीय बैंकले यो रकम संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले १४ दिनको लागि ५० अर्ब निक्षेप संकलन गर्ने छ । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यसको म्याद २०८२ चैत २२ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म अनलाइनमार्फत मात्र बोलकबोल गर्नसक्ने छन् । निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाईदैन । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेस गर्न पाउँछन् । केन्द्रीय बैंकले बजारमा अधिक तरलता भएपछि हरेक आइतबार र बुधबार बैंकवित्तबाट निक्षेप संकलन गर्दै आएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।