बैंकिङ खबर / एकसातासम्म संचालन हुने विश्वव्यापी वित्तीय साक्षरताको कार्यक्रम ग्लोवल मनि वीक सुरु भएको छ । स्मार्ट मनि टक्सको नारा दिइएको यस पटकको ग्लोवल मनि वीकमा बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र सकारात्मक कार्यको थालनीलाई फोकस गरिएको छ । वित्तीय साक्षरताको यो कार्यक्रम हरेक बर्ष चैत २ गतेदेखि एकसातासम्म मनाउने गरिन्छ । केन्द्रीय बैंकले यो कार्यक्रमलाई देश व्ययापी रुपमा संचालन गर्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेको छ । यसैगरी नेपाल धितोपत्र बोर्डले पनि यस कार्यक्रमलाई महत्व दिएको छ । बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र सकारात्मक मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि यो कार्यक्रम मनाउन सुरु गरिएको हो । विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ। हालसम्म १७६ भन्दा बढी देशका ७ करोडभन्दा बढी बालबालिका तथा युवामाझ यो अभियान पुगिसकेको छ।


