
बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले २०८२ फागुन २९ का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। एक अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ २१ पैसा निर्धारण गरेको छ। यस्तै बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा तय गरेको छ।
भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र विक्रीदर १६० रूपैयाँ १५ पैसा कायम छ। युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा रहेको छ। राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन एक डलरको १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा, स्वीस फ्रेङ्क एकको खरिद दर १८८ रुपैयाँ ५५ पैसा र बिक्री दर १८९ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। क्यानेडियन डलर एकको एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७६ पैसा जनाएको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



