Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
ट्रेन्डिङ

रवि लामिछानेको मुद्दालाई सर्वोच्च अदालतले पूर्ण इजलासमा लैजाने

२०८२ फाल्गुन २७ गते

बैंकिङ खबर / रवि लामिछाने विरुद्ध दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने निर्णय रोक्न माग गर्दै दायर रिटलाई सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाएको छ। यो रिटमा सर्वोच्च अदालतले तीन वा तीनभन्दा बढी न्यायाधीश रहेको पूर्ण इजलासमा प्रारम्भदेखि नै सुनुवाइ हुने बताएको छ। अदालतले २०८२ चैत ०१ गते उक्त रिट सुनुवाइका लागि पेस गर्न आदेश दिएको छ। यसअघि महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका मुद्दा फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।