
बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका दुवै डेपुटी गभर्नरको कार्यकाल सकिएको छ। राष्ट्र बैंकमा डेपुटी गभर्नरको रुपमा कार्यरत डा.निलम ढुंगाना र बम बहादुर मिश्रको कार्यकाल सकिएको हो। डेपुटी गभर्नरको कार्यकाल ५ वर्षको हुने व्यवस्था अनुरुप डेपुटी गभर्नरको ५ वर्षे कार्यकाल पुरा गरेर अवकाश भएको हो । २०७७ फागुन २५ गते बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गरेको थियो। अब गभर्नर डा. विश्वनाथ पौडेलले दुई जना डेपुटी गभर्नर नियुक्तिको लागि ४ जनाको नाम सरकारलाई सिफारिस गर्ने छन् । नेपाल राष्ट्र बैंक ऐनमा गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरको नियुक्ति गर्ने व्यवस्था छ ।
डेपुटी गभर्नर नियुक्तिको लागि राष्ट्र बैंकका १८ कार्यकारी निर्देशक मध्येबाट चार जनाको नाम सिफारीस गरिन्छ । हाल कार्यरत १८ जान कार्यकारी निर्देशन नै डेपुटी गर्भनरको सिफारिसको लागि दोडधुपमा छन् । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै अब नयाँ सरकार गठन हुने भएकोले नयाँ सरकारले नै डेपुटी गभर्नर नियुक्ति गर्ने छ ।
डेपुटी गभर्नर पद केन्द्रीय बैंकमा मौद्रिक नीति कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरिवेक्षण, साथै विभिन्न विभागहरूको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिम्मेवारीपूर्ण पदका रूपमा मानिन्छ। डेपुटी गभर्नर पदको लागि सरकारले योग्य तथा सक्षम व्यक्तिको खोजी गर्दै नयाँ नियुक्ति प्रक्रिया अघि बढाउने अपेक्षा गरेको छ।




