Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

आगामी बजेट निर्माणमा सुझव दिनेगरी अर्थमन्त्रीले गठन गरे विज्ञ समिति

admin २०८२ फाल्गुन १७ गते
सेयर:

बैंकिङ खबर/ आगामी बजेट बनाउनका लागि अर्थमन्त्री रामेश्वर खनालले समिति बनाएका छन् । मन्त्रीस्तरीय निर्णयबाट राजस्व सचिव भुपाल बरालको संयोजकत्वमा उनले यस्तो समिति बनाएका हुन् । समितिले राजस्व प्रशासन र संगठन संरचनामा सुधारका विषयमा सुझाव दिने छ । अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि राजस्व परामर्श समिति गठन गरेको हो । समितिको अन्य सदस्यहरूमा त्रिभुवन विश्वविद्यालय अर्थशशास्त्र विभाग प्रमुख, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकको एक कार्यकारी निर्देशक, अर्थमन्त्रालयबाट मनोनित हुने गरी अर्थ र कर विज्ञ सदस्य राखिने छ भने नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधि पनि सदस्यमा रहनेछन् । कृषि, कृषि उत्पादन तथा व्यवसायीकरण, विद्युत तथा ऊर्जा, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन र प्राकृतिक स्रोत साधनको संरक्षण एवं व्यवस्थापन सम्बन्धमा गरिनुपर्ने सुधार तथा बैंक, वित्तीय संस्था, बीमा, रेमिटेन्स, पुँजी बजार, सहकारी, आर्थिक नीति तथा घरजग्गा कारोबार देखिएका समस्या एवं समाधानका उपाय बारे समेत सुझाव दिनेगरी समितिलाई सक्रिय बनाइने छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।