January 8th, 2017

माछापुछ्रे बैंकले थप्यो हकप्रद भर्ने म्याद

माछापुछ्रे बैंकले मंसिर १९ गतेदेखि निष्काशन गरिरहेको ५० प्रतिशत हकप्रद भर्ने म्याद थप गरेको छ । आइतबार (पुस २४ गते) सम्म खुला रहने भनिएको हकप्रद सेयर अब माघ दुई गतेसम्म खुला हुने भएको हो । कात्तिक ११ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद भर्न पाउनेछन् । बैंकले एक सय रुपैयाँ दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रदको विक्री खुला गरेको हो ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । सेयरधानीले सिभिल क्यापिटल कमलादी तथा माछापुछ्रे बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । 

हाल माछापूछ्रे बैंकको चुक्तापुँजी ३ अर्ब ८६ करोड ४५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ ।